मंगलबार मकवानपुरमा ८४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
५ श्रावण २०७८, मंगलवार १४:३९
;

 

मकवानपुर । मंगलबार मकवानपुरमा ८४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८८ जनाको पिसआर र ७८ जनाको एन्टिजेन गरी जम्मा २ सय ६६ जनाको परिक्षण गर्दा ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार २ सय ३१ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ४ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३७ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*