कार र स्कुटर ठोक्किदा हेटौंडाका तामाङ घाईते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नमबर १ चौकिटोल ओरालोमा कार र स्कुटर ठोक्किदा एक जना घाईते भएका छन् ।
चौकिटोलबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा १८ च १६६९ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६२०२ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घाईते भएका हुन् । घाईते हुनेमा हेटौंडा–१ बस्ने जगत बहादुर तामाङ रहेका छन् ।
उनको हात र खुट्टामा मध्यम चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।










