मुख्यमन्त्री पौडेलले गरे निर्देशनालयको नवनिर्मित भवनको उद्घाटन
मकवानपुर । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –११ सिमलटारमा निर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार अपरान्ह उदघाटन गरेका हुन् ।
नवनिर्मित भवनको बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्राली पोखरीचौरी काभ्रेले निर्माण सम्पन्न गरेको हो ।
यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको सभाध्यक्षतामा भएको नवनिर्मित भवन उदघाटन कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल,भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल लगायतको उपस्थिति रहेको थियो ।










