शुक्रबार मकवानपुरमा ५० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
८ श्रावण २०७८, शुक्रबार १४:३८
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ५० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसआर र ८९ जनाको एन्टिजेन गरी जम्मा २ सय १९ जनाको परिक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ३ सय ७९ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*