शुक्रबार मकवानपुरमा १ सय १३ जनाले जिते कोरोना
मकवानपुर। शुक्रबार मकवानपुरमा १ सय १३ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक सय १३ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ३ सय ७९ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ५ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ५ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३८ जनाको मृत्यु भएको छ ।










