मकवानपुरमा कोरोनाका कारण थप एक जनाको मृत्यु
मकवानपुर । कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा ९० वर्षीय वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ का ९० वर्षीय वृद्ध पुरुष रहेका छन् । उनको गएराति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलयका अनुसार वृद्धमा गएको साउन ३ गते चितवनमा कोरोना पुष्टि भएको र साउन ६ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । वृद्ध प्रेसरका बिरामी र केहि समय अघि टाउकोको अप्रेसन समेत गरिएको बिरामी रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै कोरोनाको कारण जिल्लामा जिल्ला भित्र मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।










