११ किलो चरेश सहित थाहाका बल र कैलाशका पाख्रीन सहीत ३ जना पक्राउ

हेटौडा न्युज
९ श्रावण २०७८, शनिबार १३:४६
;

मकवानपुर । प्रहरीले ११ किलो लागू औषध चरेशसहित सर्लाहीको मलंगवाबाट मकवानपुरका २ जना सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नमबर –११ का बीरबहादुर बल, कैलाश गाउँपालिका वडा नम्बर –५ का सुकराम पाख्रीन र काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नमबर –११ का सुकलाल तामाङ रहेका छन् ।

उनीहरुलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल भारत सीमा नजिक मलंगवा नगरपालिका २ बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ११ किलो लागू औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*