कोरोनाका कारण रोकिएका त्रिविका परिक्षा आजबाट सुरु
मकवानपुर । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ ।
आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे÷तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् । नियमित तथा आंशिक सबै परिक्षा सुरु भएको छ ।
कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । बिहान सात बजेबाट परीक्षा सुरु भएको थियो ।










