हेटौंडालाई फूलैफूलको शहर बनाउने अभियान १३ हजार फूलका विरुवा रोपियो

हेटौडा न्युज
१० श्रावण २०७८, आईतवार ११:२४
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई फूलैफूलको शहर बनाउने अभियान अन्र्तगत उपमहानगरले आर्थिक वर्ष २०७७÷०७८ मा १३ हजार ३ वटा पूूलका विरुवा सडक पेटीमा रापेको छ ।

हरित नगरीका रुपमा परिचित हेटौंडा उपमहानगरपालिकाले अहिले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडालाई फूलैफूलको शहरका रुपमा विकास गर्ने लक्षका साथ उपमहानगरको सडक पेटीमा १३ हजार ३ वटा फूलका विरुवा रोपिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।

जनप्रतिनिधीहरु निर्वाचित भएर आएपछि बितेका वर्षहरुमा सडक फराकिलो पार्दे पेटी निर्माण गरी फूल रोप्ने अभियानलाई तिव्रता दिइएको मेयर महतले बताए ।

उपमहानगरको नगरपालिका रोड, भैरवरोड, सानो पोखरा, मानसचोक, माछा प्लान, कान्तिराजपथ, बसपार्क, बाइपास सडक, अजरअम्व रोड, भैरबरोड, पीपलबोटको रोड, रापतीरोड, जिल्ला प्रहरी कार्यालय अगाडी, मनकामना चोक, भुटनदेविचोक, अस्पताल गेट, प्रदेशसभा भवनको रोड र आसपासका क्षेत्र, क्याम्पाचौर, बुद्धचोक लगायतका क्षेत्रमा फूलका विरुवा रोपिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*