आईतबार मकवानपुरमा ५७ जनामा कोरोना पुष्टि
मकवानपुर । आईतबार मकवानपुरमा ५७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २५ जनाको पिसआर र ७४ जनाको एन्टिजेन गरी जम्मा १ सय ९९ जनाको परिक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ५ सय ६ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ५ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३९ जनाको मृत्यु भएको छ ।










