आईतबार मकवानपुरमा ३० जनाले जिते कोरोना

हेटौडा न्युज
१० श्रावण २०७८, आईतवार १४:४८
;

मकवानपुर। आईतबार मकवानपुरमा ३० जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३० जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ५ सय ६ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*