थाहा नगरपालिकामा ट्याङ्कर दुर्घटना

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १०:३०
;

मकवानपुर । थाहा नगरपालिकामा सोमबार बिहान सवारी दुर्घटना भएको छ ।

त्रिभुवन राजपथ अन्र्तगत थाहा नगरपालिका वडा नंबर १ स्थित कुनछालको पुल नजिक सडक भासिएर ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।

ट्याङ्कर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोबाट पालुङ्ग तर्फ डिजेल र पेट्रोल ल्याउने क्रममा सडक भासिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ ।

दुर्घटनामा कुनै मानविय क्षति भएको छैन । ट्याङकर चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*