एक वर्षमा अख्तियारमा ९ सय २९ वटा उजुरी
मकवानपुर । आर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९ सय २९ वटा उजुरी परेको छ ।
कार्यालयले उजुरी परेका मध्यमा ५५ दशमलब ५४ प्रतिशत काम फर्छ्यौट गरेको छ । आर्थिक २०७७–०७८ वर्षमा ५ सय १६ वटा उजुरीको अनुसन्धान गरी फर्छ्यौट गरिएको कार्यालयका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।
फर्छ्यौट हुन बाँकी ४ सय १३ वटा उजुरीको चालु आर्थिक वर्षमा अनुसन्धान हुने बताईएको छ ।










