सोमबार मकवानपुरमा ७५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १४:३७
;

मकवानपुर । सोमबार मकवानपुरमा ७५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८३ जनाको पिसआर र ८२ जनाको एन्टिजेन गरी जम्मा ३ सय ६५जनाको परिक्षण गर्दा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ८ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*