भौतिक उपस्थितिमा पठनपाठन नगराउन उपमहानगरको निर्देशन

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १६:३९
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगराउन आग्रह गरेको छ ।

हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनिएको छ ।

नगरभित्रका केही विद्यालयले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको जानकारी प्राप्त भएको भन्दै उपमहानगरपालिकाले कोरोनाको जोखिम कायमै रहेकाले भौतिक उपस्थितिमा पठनपाठन नगराउन निर्देशन दिएको छ ।

भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन आग्रह गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*