बुधबार मकवानपुरमा ६७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१३ श्रावण २०७८, बुधबार १६:१५
;

मकवानपुर । बुधबार मकवानपुरमा ६७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५९ जनाको पिसआर र ७४ जनाको एन्टिजेन गरी जम्मा २ सय ३३ जनाको परिक्षण गर्दा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ७ सय ३० जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ९ सय ९२ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४१ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*