बुधबार मकवानपुरमा ७५ जनाले जिते कोरोना

हेटौडा न्युज
१३ श्रावण २०७८, बुधबार १६:२३
;

मकवानपुर। बुधबार मकवानपुरमा ७५ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ७५ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ७ सय ३० जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ९ सय ९२ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ५ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*