कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का ७३ वर्षीय वृद्ध पुरुष रहेका छन् ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ ।










