बकैयामा मानव कङ्काल भेटियो
मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ४ को एक सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ ।
मंगलबार गाउँपालिको वडा नंबर ४ स्थित गुराँस सामुदायीक वनमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
वनमा घाँसदाउरा गर्न गएका स्थानीयले मानव कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।










