सामाजिक बिकास मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हेटौडा न्युज
१३ श्रावण २०७८, बुधबार १७:५१
;

मकवानपुर । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले चितवनका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र हेटौंडाले स्वास्थ्य कार्यालय चितवन र बकुलहर रत्ननगर अस्पताल लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बागमती प्रदेश सभा सदस्य कृष्ण भुर्तेलले स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनलाइ स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरे ।

स्वास्थ्य संस्थाहरुलाई अक्सिजन कन्सन्ट्रेटर, मास्क, स्यानिटाइजर, गाउन, फेस सिल्ड, प्रयोगशालामा प्रयोग गरिने ग्लोबस लगायतका ६० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*