एमालेले जनताको मन जितेको छ: मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रति जनताहरुको विश्वास बढेको बताएका छन् ।
नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अहिले एमाले प्रति जनताहरुको विश्वास बढेको बताएका हुन् ।
उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले गरेको ऐतिहासिक कामका कारण एमाले प्रति जनताको भरोसा बढेको बताए ।
ओली नेतृत्वको सरकार र बागमती सरकारले विकास र समृद्धिका काम गरेको मुख्यमन्त्री पौडेलले दाबी गरे ।










