६५ किलो लागूऔषध गाँजा, स्कारपियो सहित २ जना पक्राउ

हेटौडा न्युज
१४ श्रावण २०७८, बिहीबार १४:०९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६५ किलो लागूऔषध गाँजा, स्कारपियो सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगपालिका वडा नम्बर २० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नम्बर ६ बस्ने ४३ वर्षीय ललित तामाङ रहेका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा मनहरी तर्फ बाट हेटौडा तर्फ आउदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ६५ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषध गाँजा, स्कार्पियो सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*