बिहीबार मकवानपुरमा ९९ जनामा कोरोना पुष्टि
मकवानपुर । बिहीबार मकवानपुरमा ९९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको पिसआर र ५१ जनाको एन्टिजेन गरी जम्मा २ सय २६ जनाको परिक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४१ जनाको मृत्यु भएको छ ।










