हेटौंडामा बीबीएम नेपाल प्रथम् र दोश्रो हुनेलाई सम्मान गरियो

हेटौडा न्युज
२२ श्रावण २०७८, शुक्रबार १९:४४
;

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएम सङ्कायमा नेपाल प्रथम् र दोश्रो भएका दुई छात्रालाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । क्याम्पसको सञ्चालक समितिका पदाधिकारी तथा प्राध्यापकहरुको उपस्थितिमा छात्राहरु मनिषा लुईंटेल र प्रजिता सुवेदीलाई सम्मान पत्र प्रदान गरिएको हो ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) सङ्कायको पाँचौं सेमेष्टरको परीक्षाको नतिजामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल र प्रजिता सुवेदी क्रमशः नेपाल प्रथम र दोश्रो भएका थिए । उनीहरुले सो सङ्कायको पाँचौं सेमेष्टरमा ३ दशमलब ९ र ३ दशमलब ८८ जीपीए नतिजा प्राप्त गरेका थिए ।

त्यस्तै क्याम्पसको सञ्चालक समितमा कोषाध्यक्षका रुपमा रहेको पुरानो नारायणी संघले पनि उनीहरुलाई नगदसहित सम्मान गरेको थियो । संघले प्रथम् हुनेलाई रु ११ हजार रुपैया र दोश्रो हुनेलाई ५ हजार ५ सय नगदसहित सम्मान पत्र प्रदान गरेको थियो । संघका अध्यक्ष तथा क्याम्पसका सञ्चालक समितिका कोषाध्यक्ष हिरालाल श्रेष्ठले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा सो सङ्कायमा अध्यापन गराउने प्राध्यापकहरुलाई समेत प्रशंशापत्र प्रदान गरिएको थियो । त्रिभुवन विश्व विद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) सङ्कायमा नेपालका विभिन्न क्याम्पसहरुमा ८ सयजना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । कार्यक्रम क्याम्पसका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा प्रदेश साँसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्मान कार्यक्रमका तस्वीरहरुः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*