बिहीबार मकवानपुरमा ३९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १४:२६
;

मकवानपुर । बिहीबार मकवानपुरमा ३९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९९ जनाको पिसआर र ३ सय ३० जनाको एन्टिजेन गरी जम्मा ४ सय २९ जनाको परिक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार १ सय ६१ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ११ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ९ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*