कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १४:४६
;

मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की ८२ वर्षीया वृद्धा रहेकी छिन् ।

उनको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड–१९ इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार वृद्धामा साउन २२ गते कोरोना पुष्टि भएको र उपचारको लागि हिजो अस्पताल ल्याईएको थियो ।

यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ५३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*