वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १५:०५
;

मकवानपुर । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ ।

स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार प्रतिष्ठानमा पुगेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले स्थलगत रुपमा देखिएका सबै विषयवस्तु अनुसन्धान गरी मुचुल्का बनाएर प्रमाणको रुपमा आवश्यक कागजात पनि अनुसन्धानका लागि लिएर आउने जानकारी दिए ।

काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*