आईतबारदेखी एक हप्ता मालपोत र नापी कार्यालय बन्द
मकवानपुर । कोरोना भाईरस सङ्क्रमणका कारण मालपोत कार्यालय मकवानपुर र नापी कार्यालय आइतबारदेखि एक हप्ता बन्द हुने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आगामी साउन ३० गते आइतबारबाट एक हप्ता बन्द हुने भएको मालपोत कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र भण्डारीले बताए ।
यस्तै आइतबारदेखि नापी कार्यालय हेटौंडा पनि एक हप्ताका लागि बन्द हुने नापी कार्यालय मकवानपुरका प्रमुख पुर्णहरी सुवेदीले बताए ।










