हेटौंडामा दैनिक डेढ करोड लिटर पानी वितरण
मकवानपुर । हेटौंडा खानेपानी व्यवास्थापन बोर्डले हेटौंडाका एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर पानी वितरण गरिदै आएको छ ।
बोर्डले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिकाका १४ वटा वडाका नागरिकलाई पानी वितरण गरिएको जानकारी गराएको हो ।
हेटौँडा नगरभित्रका १४ वटा वडाको विभिन्न भु–भागमा बसोबास गर्ने करिब १ लाख ३५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको जनाएको छ ।
आर्थिक वर्ष २०७७–०७८ मा बिलिङ्ग गरेकोमा ९ करोड १८ लाख ७२ हजार मध्य ९ करोड १८ लाख ७२ हजार अर्थात ९५ दशमलब १९ प्रतिशत महशुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताए ।










