मौद्रिक नीति सार्वजनिक, घरेलु कर्जाका लागि स्थानीय तहमा डेस्क स्थापना हुने
मकवानपुर । सरकारले व्यवसायिक कर्जा विस्तार गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक कर्जा विस्तार भएको बताएका छन् । कारोनोको कारण बैंकहरुले ब्याजदर खासै वृद्धि गरेका छैनन् ।
त्यस्तै सरकारले सबै स्थानीय तहमा कृषि, लघु तथा घरेलु उद्योग स्थापना र भएकाहरुलाई पनि सहज बनाउन कर्जाका लागि डेस्कको व्यवस्था गर्ने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल गभर्नर महाप्रसाद अधिकारीले साना व्यवसायीलाई सहज बनाउन डेस्क स्थापना गर्न लागेको बताएका हुन् । डेस्कले अवस्था हेरेर कर्जा वितरणको लागि सहजीकरण गर्नेछ ।











