शुक्रबार मास्क नलगाउने १ सय ३४ जना र दुई जना व्यवसायीलाई कार्वाही
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाउने १ सय ३४ जना र दुई जना व्यवसायीलाई कार्वाही गरेको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने १ सय ३४ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।
यस्तै निषेधाज्ञाको उल्लङ्घन गर्दे पसल सञ्चालन गर्ने २ जनालाई नियन्त्रणमा लिई आवश्यवक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
यस्तै प्रहरीले विभिन्न स्थानमा १ हजार ४ सय ९८ थान मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।










