शनिबार मास्क नलगाउने ५४ जनालाई कार्वाही

हेटौडा न्युज
३० श्रावण २०७८, शनिबार १७:१६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मास्क नलगाउने ५४ जनालाई कार्वाही गरेको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने ५४ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।

यस्तै प्रहरीले विभिन्न स्थानमा ३ सय ८७ थान मास्क वितरण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*