आजदेखी एक हप्ता मालपोत र नापी कार्यालय बन्द

हेटौडा न्युज
३१ श्रावण २०७८, आईतवार ११:२२
;

मकवानपुर । कोरोना भाईरस सङ्क्रमणका कारण मालपोत कार्यालय मकवानपुर र नापी कार्यालय आजदेखि एक हप्ताका लागी बन्द गरिएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आज आइतबारबाट मालपोत कार्यालय एक हप्ता बन्द हुने भएको मालपोत कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र भण्डारीले बताए ।

यस्तै आजैदेखि नापी कार्यालय हेटौंडा पनि एक हप्ताका लागि बन्द हुने नापी कार्यालय मकवानपुरका प्रमुख पुर्णहरी सुवेदीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*