मकवानपुरमा निषेधाज्ञा भदौ १० गते सम्म, व्यवसाय सञ्चालन गर्ने समय हेरफेर
मकवानपुर । कोरोना भाइरस सङरक्रमण न्युनिकरण गर्न मकवानपुरमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्ब्याईएको छ ।
आईतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लम्ब्याउदै भदौ १० गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञामा खाद्यान्न पसल बिहान १० बजे सम्म सञ्चालन गर्न पाइने छ । यस्तै खाद्यान्न बाहेका अन्य व्यवसाय बिहान १० बजे देखी साझ ५ बजे सम्म सञ्चालन गर्न अनुमति दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
त्यसैगरी बैठकले बैंक तथा वित्तिय संस्था हरेक दिन १० बजे देखी दिउँसो २ बजे सम्म खोल्न दिने निर्णय गरेको छ ।










