सोमबार मकवानपुरमा १ सय १६ जनाले जिते कोरोना

हेटौडा न्युज
३२ श्रावण २०७८, सोमबार १७:११
;

मकवानपुर। सोमबार मकवानपुरमा १ सय १६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १ सय १६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ३ सय १७ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ६ सय ८७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ४ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*