हेटौंडामा सार्क ओपन स्कुल र सार्क विजनेश कलेज सञ्चालनमा ल्याईने
मकवानपुर । हेटौंडामा नयाँ व्यवस्थापनका साथ सार्क एजुकेशन फाउन्डेसनले सार्क ओपन स्कुल र सार्क विजनेश कलेज सञ्चालनमा ल्याउने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दे सार्क एजुकेशन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले तुलसीमेयर स्कुल तथा नारायणी कलेज सँग सहकार्य गरी नयाँ व्यवस्थापनका साथ सार्क एजुकेशन फाउन्डेसनले सार्क ओपन स्कुल र सार्क विजनेश कलेज सञ्चालनमा ल्याउने बताए ।
उनले हालको शिक्षा प्रणालीलाई व्यवहारिक रुपमा विद्यार्थीहरुलाई अध्यापन गराईने बताए । नर्सरी कक्षा देखी स्नातक तह सम्मको अध्यापन गराईने उनले बताए । विद्यार्थीहरुलाई प्रत्येक विषयमा प्रयोगात्मक शिक्षा दिन प्रत्येक विषयको प्रयोगशाला स्थापना गरिने उनको भनाई छ ।
उनले आर्थिक रुपले अभिभावक तथा विद्यार्थीहरुलाई भार नपर्ने गरी शुल्क राखिने बताए ।










