प्रहरी नायब महानिरीक्षक कार्कीले गरे मातहतका कार्यालयहरूसँग करार सम्झौता
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक प्रकाशजंग कार्कीले मातहतका १४ वटा कार्यालयका प्रमुखहरुसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् ।
सोमबार प्रहरी नायब महानिरीक्षक कार्कीले भिडियो कन्फ्रेन्समार्फत प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा मातहतका कार्यालयहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।










