कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु

हेटौडा न्युज
२ भाद्र २०७८, बुधबार १२:५७
;

मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का ६५ वर्षीय पुरुष रहेको हेटौंडा अस्पताका सूचना अधिकारी राजिव झा ले जानकारी दिए ।

६५ वर्षीय पुरुषको मंगलबार साँझ अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*