दियालो बचतको बुधबारदेखि आफ्नै भवनबाट सेवा शुरु
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाले बुधबारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ ।
यस अघि लेवटमा भाडाको घरमा सञ्चालन हुँदै आएको संस्थाले लेवट बजारमा आफ्नै भवन खरिद गरी बुधबारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेकोे हो ।
सहकारी संस्थाका अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम कुमार पुडासैनीले उक्त भवनको उद्घाटन गरेका हुन ।
कोरोना संक्रमणका कारण देशको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा पनि छोटो अवधीमो सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको वडा अध्यक्ष पुडासैनीले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष बर्तौलाले आफ्नै स्वामित्वको भवन अघिल्लो वर्ष नै सञ्चालनमा ल्याउने तयारी रहेको भएपनि कोरोना संक्रमणका कारण ढिलो भएको बताए ।
लेवटमा एक घर एक सदस्य अवधारणा संचालन गरि यस वर्ष भित्र दोब्बर सदस्य बनाइने र सदस्यहरुको लागि नयाँ योजना छिट्टै सार्वजनिक गरिने उनले बताए । भवन उद्घाटन कार्यक्रममा सोही स्थानमा रहेको विद्यालयको प्रतिनिधि,लेवट प्रहरी पोष्टको प्रतिनिधि, आमा समुह, संस्थाका शेयर सदस्य, सदस्य, सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।











