कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर १ की ९३ वर्षीया वृद्धा महिला रहेकी छन् ।उनको शनिबार साँझ उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा कोरोनाका कारण मृत्यु् हुनेको सङ्ख्या १ सय ५७ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।










