आईतबार मकवानपुरमा मास्क नलगाउने ४ जनाले तिरे जरिवाना
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आईतबार मास्क नलगाउने ४ जनालाई कार्वाही गरेको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने ४ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।
यस्तै प्रहरीले विभिन्न स्थानमा ६५ थान मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।










