देशभर १ हजार ८ सय १ जनामा सङ्क्रमण, १ हजार ९ सय २४ जना सङ्क्रमणमुक्त, २४ जनाको मृत्यु
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ जना र २ हजार ६ सय २२ जनको एन्टीजेन परीक्षण गर्दा २ सय ५३ जनामा गरी जम्मा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने कोरोना सङ्क्रमका कारण २४ जनाको मृत्यु भएको छ ।










