उपाध्यक्षको कार्यशैलीका कारण कर्मचारी र जनप्रतिनिधिहरु हैरान छन्: अध्यक्ष उप्रेती

हेटौडा न्युज
८ भाद्र २०७८, मंगलवार ११:३८
;

मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाकी उपाध्यक्षको कारण मनहरीका जनता हैरान भएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दे अध्यक्ष उप्रेतीले उपाध्यक्षको व्यवहारका कारण गाउँपालिकामा कार्यरत कर्मचारी तथा सबै वडाका जनप्रतिनिधिहरु समेत तनाबमा रहेको बताए । उपाध्यक्षले आफुले पाएको जिम्मेवारी निर्वाह नगरी अनावश्यक बखेडा झिकेर गाउँमा हुने गरेको विकासको गतिविधि समेत प्रभावित पारेको अध्यक्ष उप्रेतीले दाबी गरे ।

राजीनामा पछि फेरि पनि पुनस्थापना भएर आएपछि पनि उपाध्यक्षको कार्यशैलि परिवर्तन नभएको भन्दै अध्यक्ष उप्रेतीले भने ‘अरुलाई धेरै खालका अर्ती उपदेश दिने तर, आफुचै व्यवहारमा कहिले पनि लागू गर्नुहुँदैन । राजिनामा मेरै हातमा दिनुभएको हो । स्विकृत भयो, अदालतले जितायो अब राम्रो होला भन्ने ठानेको तर, व्यवहार उस्तै भयो हामिले कति सहनु ?’ आफैले आफ्नो कार्यकक्ष फुटाएर सामजिक सञ्जालमा मेरो कार्यलय तोडफोड भयो भनेर हल्ला समेत उनले गरेको भन्दै अध्यक्ष उप्रेतीले उपाध्यक्षले कार्यकक्ष फोरेको फुटेज आफुहरुसँग सुरक्षित रहेको अध्यक्ष उप्रेतीको भनाई छ ।

गाउँपालिकाको योजना अनुगमन र राजस्व परामर्ष समितिको संयोजक समेत उपाध्यक्ष रहेपनि त्यसका काममा उहाँ आफैले बाधा सृजना गरेको वताउँदै अध्यक्ष उप्रेतीले भने ‘उपाध्यक्ष समयमै योजनाहरुको अनुगमन नगर्दा उपभोक्ता समितिले समयमै रकम भुक्तानी पाउनका लागि समस्या भोग्नु परेको छ, त्यसैगरी उपाध्यक्ष संयोजक रहेको राजस्व परामर्ष समितिमा बैठक हुन्छ, निर्णय हुन्छ तर उपाध्यक्षकै हस्ताक्षर हुँदैन यस्ता समस्याबाट हामी हैरान भएका छौं । आम उपभोक्ता पनि हैरान भएका छन ।’

पत्रकार सम्मेलनमा उपस्थित भएका अन्य वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले पनि उपाध्यक्ष विष्टको कार्यशैलिप्रति प्रश्न उठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*