पत्रकार महासंघ केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा बस्दै

हेटौडा न्युज
८ भाद्र २०७८, मंगलवार १२:५४
;

मकवानपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक मकवानपुरको दामनमा बस्ने भएको छ ।

पत्रकार महासंघको निर्वाचनपछि पहिलो पटक भौतिक उपस्थितिमा हुन लागेको सो बैठक दामनमा बस्न लागेको हो ।

भोलि भदौ ९ गते हुने बैठकले पत्रकार महासंघको आगामी ३ बर्षको कार्यायोजना निर्माण गर्ने छ । बैठकमा महासंघ केन्द्रीय समितिका ५२ जना पदाधिकारी र ३ जना सल्लाहकार गरी ५५ जना र मकवानपुरका केही पत्रकारसहित करिब ६० जना सहभागि हुने जनाइएको छ ।

भोलिको बैठककालागी पदाधिकारिहरु  बैठक स्थलमा आउने क्रम शुरु भएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले जानकारि दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*