भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

हेटौडा न्युज
८ भाद्र २०७८, मंगलवार १३:११
;

मकवानपुर । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् ।

बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् । कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*