लागूऔषध सहित २ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय को दमन थापा र वडा नम्बर ७ बस्ने ३० वर्षीय विनोद चौधरी रहेका छन् ।
मंगलबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ३९४३ नम्बरको बसलाई चेकजाँच गर्दा उनीहरुको साथबाट ९ एम्पुल फेनारागन, ९ एम्पुल डाईजोपाम र ९ एमपुल नुरफिन बरामद गरिएको हो ।
उनीहरुलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










