बुधबार मकवानपुरमा ३४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
९ भाद्र २०७८, बुधबार १४:४०
;

मकवानपुर । बुधबार मकवानपुरमा ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र ४२ जनाको एन्टिजेन गरी जम्मा १ सय ७२ जनाको कोरोना परिक्षण गर्दा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय २६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*