बुधबार मकवानपुरमा ५ जनाले जिते कोरोना

हेटौडा न्युज
९ भाद्र २०७८, बुधबार १४:४३
;

मकवानपुर। बुधबार मकवानपुरमा ५ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना पुष्टि भएकोमा ५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ५ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय २६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*