सडक चौडा नहुँदा हेटौंडा बजार कुरुप भयो–मेयर महत

(भिडियो सहित)
हेटौडा न्युज
९ भाद्र २०७८, बुधबार १८:०२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले हेटौडा बजारको दायाँ÷बाँया विस्तार हुनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ÷बाँया २५÷२५ मिटर विस्तारकोे विषयले लामो समयपछि पुनः चर्चा पाएको छ । मेयर महतले बुधबार पत्रकार सम्मेलनमार्फत् संघीय सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । उनले सडक विस्तारको सन्दर्भमा उपमहानगरले विगतदेखि पहल गर्दै आइरहेको भएपनि विस्तारको कामले पूर्णता पाउन नसकेकोमा चिन्तासमेत व्यक्त गरे ।

उनले भने ‘पूर्वपश्चिम राजमार्ग अन्तरगतको राप्तीपुलदेखि मनहरी बजारसम्मको सडकखण्ड र कर्रा पुलदेखि अंलेखगञ्जसम्मको सडकखण्ड दुवै तर्फ विस्तार भइसकेको छ । बाँकी भनेको हेटौंडा बजार क्षेत्र मात्रै हो । त्यसकारण अब बिलम्ब गरिनु हुँदैन विस्तारको काम छिट्टै अघि बढाउनका लागि उपमहानगरपालिका संघीय सरकारको ध्यानाकर्षण गराउन चाहान्छ ।’

संघीय सरकारको प्रतिक्रियापछि सडक विस्तारको सन्दर्भमा उपमहानगरले आगामी रणनीति तय गर्ने उनको भनाई छ । सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहरालगायतका संरचना भत्काउन सुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक क्षेत्रको सरसफाई तथा सुन्दरताको लागि नगरवासीसंग समन्वय गर्नेसमेत मेयर महतले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*