धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

हेटौडा न्युज
१० भाद्र २०७८, बिहीबार १६:३६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ४० वर्षीय राजकुमार भनिने ठुलो सार्की मुक्तान रहेका छन् ।

साउन ३२ गते हेटौंढा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने ६४ वर्षीय मान बहादुर प्रजालाई धारिलो हतियार बञ्चारोले प्रहार गरी हत्या गरेका भन्ने घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा मुक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*